दफा
समितिको गठन
(१) कोषमा कम्तीमा सात जना संचालकहरू भएको एउटा संचालक समिति रहनेछ । (२) उपदफा (१) बमोजिमको समितिमा देहायका संचालकहरू रहनेछन्ः– (क)   नेपाल सरकारबाट नियुक्त व्यक्ति           – अध्यक्ष (ख) नेपाल सरकारको विभिन्न सेवाबाट नेपाल सरकारले मनोनीत गरे तीनजना                 – संचालक (ग) बैंक, वित्तीय संस्था तथा अन्य संगठित संस्थाहरूबाट नेपाल सरकारले मनोनीत गरेका दुईजना– संचालक (घ) कोषको प्रशासक – संचालक (३) उपदफा (२) को (ख) र (ग) बमोजिम नेपाल सरकारले संचालकहरू मनोनीत गर्दा नेपाल सरकारको विभिन्न सेवा बैंक, वित्तीय संस्था एवं विभिन्न संगठित संस्थाहरूबाट पालैसंग प्रतिनिधित्व हुने गरी संचालकहरूको मनोनयन गर्नु पर्नेछ । (४) प्रशासक बाहेक अन्य संचालकहरूको कार्यावधि तीन वर्षको हुनेछ र अवधि समाप्त भएपछि निजहरू पुन एक पटकसम्मको लागि नियुक्त वा मनोनीत हुन  सक्नेछन् । (५) कार्यावधि पूरा नहुदै कुनै संचालकको पद रिक्त हुन आएमा बाँकी अवधिको लागि सो पद पहिले जुन प्रक्रियाबाट पूर्ति गरिएको हो सोही प्रक्रियाबाट पूर्ति गरिनेछ । (६) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि उपदफा (२) बमोजिम नियुक्त वा मनोनीत संचालकहरूलाई नेपाल सरकारले जुनसुकै बखत हेरफेर गर्न  सक्नेछ । (७) संचालकहरूले समितिको बैठकमा भाग लिए बापत पाउने बैंठक भत्ता नेपाल सरकारले तोकिदिए बमोजिम हुनेछ । (८) समितिले तोकिदिएको कोषको अधिकृत कर्मचारीले समितिको सचिव भई काम  गर्नेछ ।